गठबन्धन गरेर चुनावमा जाने ५ दलद्वारा औपचारिक निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 01:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सत्तारूढ ५ दलले औपचारिक निर्णय गरेका छन् । 

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय भएको हो । 

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय चुनावमा सत्तागठबन्धनका दलबीच तालमेल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए । 

गठबन्धन गर्न प्रदेशदेखि पालिकासम्म दलहरूका प्रमुख रहेको संयन्त्र बनाउने निर्णय पनि भएको छ । 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved