भन्सार एजेन्टको परीक्षा बैशाख १७ गते नै हुने, लोकसेवाको पत्रमा निर्वाचन आयोग ‘कन्भिन्स’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 03:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार एजेन्टको परीक्षा बैशाख १७ गते नै हुने भएको छ । स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोगले भन्सार विभागलाई पत्र पठाउँदै परीक्षा स्थगित गर्न भनेको थियो । 

तर, शुक्रबार लोकसेवा आयोगले भन्सार एजेन्टको परीक्षा अर्थ मन्त्रालयको आग्रहमा लोकसेवा आयोगले लिन लागेको बताउँदै परीक्षा नरोक्न आग्रह गर्दै निर्वाचन आयोगलाई पत्र पठायो । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निर्वाचन आयोगमा पठाएको पत्रमा भन्सार एजेन्टको परीक्षा भन्सार विभागले नभई लोकसेवाले सञ्चालन गर्न लागेको जनाईएको छ ।

लोकसेवा आयोगको पत्र पाएपछि निर्वाचन आयोगले पनि भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । संवैधानिक आयोगले सञ्चालन गर्ने परीक्षा रोक्न नमिल्ने भएकाले परीक्षा सञ्चालनको अनुमति दिईएको आयोगले बताएको छ । 

यसअघिः
भन्सार एजेन्टको परिक्षाको लागि परिक्षा केन्द्र तय, कसको कहाँ ? (सूचीसहित)

निर्वाचन आयोगले अनुमति दिएसँगै पटक–पटक रोकिएको भन्सार एजेन्टको परीक्षा बैशाख १७ गते हुने पक्का भएको छ । 

परीक्षामा कुल ९ हजार २३ जना परीक्षार्थी सहभागी हुनेछन् । भन्सार विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved