पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल गरे कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 12:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो । 

पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गबन्धन बैठकले गरेको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो । 

स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् । त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारी समेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने समय रहेको छ ।   



 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved