६ हप्ताको लागि मनकामना केबलकार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 12:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केवलकार प्रालिले साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जनाएको छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ ।

कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । 

स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ  । यस अवधिमा केवलकार बन्द हुने भए पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved