आइतबार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 11:18:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेखगाउँ नजिकै केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको लेखगाउँ नजिकै केन्द्र भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको हो। 

यस अघि कार्तिक २ गते बुधबार २ पटक भूकम्पको धक्का महशुस भएको थियो । सो दिन दिउँसो ३ बजेर ७  मिनेट र ३ बजेर ५३ मिनेटमा गरि २ पटक भूकम्पको धक्का महशुस भएको थियो ।  सो दिन दिउँसो ३ बजेर ७ मिनेटमा नेपाल र चीनको सिमानामा केन्द्र भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस्तै नेपाल र चीनको सिमानामा केन्द्र भएर दिउँसो ३ बजेर ५३ मिनेटमा ४.५ म्याग्नेच्युड तिब्रताको दोस्रो भूकम्प भएको थियो। 

कार्तिक २ गतेको पहिलो भूकम्प राजधानी काठमाडौँ सहित नेपालसँग सिमाना जोडिएका भारत र चीनका केहि स्थानमा पनि महशुस भएको थियो ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved