विमानस्थलबाट बरामद भएको सुन राष्ट्र बैंक लगिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 08:43:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको सुन आज राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । सुनको सुद्दता यकिन गर्न र तौल यकिन गर्न आज बरामद भएको सुनलाई राष्ट्र बैंकमा लगिने  राजस्व अनुसन्धान विभागले जनाएको हो ।

यो सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म भन्सार एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले हालसम्म ६ जना पक्राउ परेको र अन्यको खोजि कार्य भईरहेको जानकारी दिए । उनले रातभर यसमा अप्रेशन चलाएको र अन्यको खोजि कार्य जारी रहेको बताए ।  

बुधबार विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातिएको थियो। विशेष सूचनाको आधारमा उक्त परिमाणको सुन राजश्व अनुसन्धान बिभागले बरामद गरेको हो।  करिब ८० किलो माथि रहेको  प्रारम्भिक अनुमान गरीएपनि परिमाण यो भन्दा बढी हुन सक्ने विभाले जनाएको छ। 

 लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । बाइक र स्कुटीको पातपुर्जा भित्र सुन लुकाएर ल्याईएको बबताईएको छ।  अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । कसरी, र कसले सुन ल्यायो भन्नेबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।  

यस अघि: 

त्रिभुवन विमानस्थलबाट ठूलो परिणामको सुन समातियो, डिजी भन्छन् 'अपरेशन चल्दैछ'

-त्रिभुवन विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातियो, तीन व्यक्ति पक्राऊ

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved