८६ दिनमा २ हजार किलो ब्रेक-शु बाहिरियो, सर्भर डाउन हुँदा क्विन्टल सुन समातियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2023 | 11:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

क्विन्टल सुन भित्र्याएको रेडी ट्रेड प्राइभेट लिमिटेडले विगत तीन महिनादेखि नै नेपालमा निरन्तररुपमा यस प्रकारको वस्तु आयात गरिएको भेटिएको छ। उक्त कम्पनीले वैशाख ११ देखि साउन दुई गतेसम्म ३४ पटकसम्म यस्तो वस्तु आयात गरेको भेटिएको हो। 

रेडी ट्रेडले ८६ दिनमा ३४ पटक अहिले सुन भेटिएको 'ब्रेक-शु' र सेभरको आयात गरेको बिजपाटीलाई प्राप्त कागजातमा उल्लेख छ। ३४ पटकमा ९० वटा कार्टुनमा २ हजार १६६ किलोग्राम बराबरको यस्तो वस्तु आयात गरेको भन्सार विभागमा रेडी ट्रेडले बुझाएको डकुमेन्टमा उल्लेख छ। 

अहिले बरामद गरिएको क्विन्टल सुन यही साउन दुई गते हङ्कङबाट चार्टड उडान गरी नेपाल आएको क्याथे प्यासिफिकमा ल्याइएको आठ वटा कार्टुनमा भेटिएको हो। यद्यपि पछिल्लो ८६ दिनमा क्याथे प्यासिफिकबाट २७ पटकमा ८२ वटा कार्टुनमा यस्तो वस्तु ल्याएर भन्सारबाट छुटाइसकेको भेटिएको छ ।

रेडी ट्रेड तीन महिना अगाडि मात्रै दर्ता भएको भेटिनुले पछिल्लो ३ महिनामा सेटिङबाट कयौँ क्विन्टल सुन नेपाल ल्याएको बलियो अनुमान लगाउन सकिन्छ । त्यसमाथि पनि यही साउन दुई गते भेटिएको सुन भन्सार जाँचपास गराएर बाहिर निकालीसकेपछि मात्रै बरामद गरिनुले सेटिङ नमिल्दाको नतिजा भएको कार्गाेसम्बन्धी काम गर्ने एक कम्पनीका सञ्चालक बताउँछन् ।

रेडी ट्रेडले यी वस्तुको आयात गर्दा तीनवटा जहाजको प्रयोग गरेको छ भने तीनवटा अलगअलग एजेन्ट कोड प्रयोग गरेको छ। तर हङ्कङबाट यो वस्तु पठाउने संस्था र नेपालमा प्राप्त गर्ने संस्था एकै रहेको भेटिएको छ।  

सर्भर डाउन हुँदा समातियो क्विन्टल सुन

साउन २ गते बरामद भएको क्विन्टल सुन असार २९ गते शुक्रबार बिहान दश बजे नेपाल आएको क्याथे प्यासिफिकको जहाजमा ल्याइएको कार्टुनबाट फेला परेको हो। त्रिभुवन विमानस्थलको सर्भर डाउन हुँदा शुक्रबार नै जाँचपास गराएर बाहिर निकाल्ने प्रयास असफल भएको थियो। जसकारण उक्त सामान शनिबार दिउँसो एक बजे भन्सारको गोदाममा ल्याइएको थियो। 

आर्थिक वर्षको अन्तिम दिन भएकाले एजेन्ट कोडलगायतका सम्बन्धित कागजात नवीकरण गर्नलाई समय लागेपछि शुक्रबार ल्याइएको उक्त सामान मङ्गलबार दिउँसो १ बजेर ५५ मिनेट जाँदा भन्सारबाट छुटाइएको थियो। भन्सारबाट छुटाइएको सुन भएको उक्त कार्टुन सामान बोक्ने गाडीमा नहाली निजी ट्याक्सीमा राखेपछि सुराकीले दिएको सही सूचनाले राजश्व अनुसन्धान विभागको टोलीले 'रंगेहात' बरामद गर्न सफल भएको हो ।

ब्रेक-शुको कार्टुनमा सुन ल्याइएको सूचना राजश्व अनुसन्धान विभागलाई पहिल्यै नै थाहा भएको भन्सार विभागका एक अधिकृतको भनाइ छ। उनी भन्छन्, 'सबै तिर ट्याक्सीमा हाल्न खोज्दा सुन भएको कार्टुन बरामद गरिएको भनिएको छ तर राजश्व अनुसन्धानको एउटा टोली पछिल्लो एक महिनादेखि नै भन्सार विभागमा खटिएको छ। त्यही टोलीले यो सामान बरामद गरेको हो।'

यस अघि: 

क्विन्टल सुन ल्याएको रेडी ट्रेडको नाममा थप कार्टुन भेटियो, सामान ल्याउने सँस्थाका मालिक पक्राउ

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

समातिएको सुन जोख्नको लागि राष्ट्र बैंक पठाईयो, विमानस्थलमा थप सुन रहेको आशंका

सुन प्रकरणमा मुछिएपछि यस्तो छ दिपक मल्होत्राको भनाई (पूर्णपाठ)

सुन समातिएको विषय छानबिनका लागि समिति गठन, ५ दिनको समय

दिपक मल्होत्राले भने 'गिरोह जोगाउन मलाई डामियो, सुनमा मेरो संलग्नता छैन'

विमानस्थलबाट बरामद भएको सुन राष्ट्र बैंक लगिने

त्रिभुवन विमानस्थल सुन प्रकरण : हालसम्म एजेण्टसहित ६ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातियो, तीन व्यक्ति पक्राऊ

त्रिभुवन विमानस्थलबाट ठूलो परिणामको सुन समातियो, डिजी भन्छन् 'अपरेशन चल्दैछ'


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved