क्विन्टल सुन ल्याएको रेडी ट्रेडको नाममा थप कार्टुन भेटियो, सामान ल्याउने सँस्थाका मालिक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 08:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व अनुसन्धान विभागले क्विन्टल सुन ल्याएको रेडी ट्रेडको नाममा थप कार्टुन फेला पारेको छ। उक्त कार्टुनमा पनि सुन ल्याइएको आशंकामा शिलबन्दी गरेर अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभागले लगेको जनाईएको छ। 

आज बिहानदेखि नै गोदाम छापा मारेर शंका लागेका कार्टुनहरु खोलेर हेर्ने काम गरेको राजश्व अनुसन्धान बिभागले बेलुकापख थप ६ वटा कार्टुन फेला पारेको हो। फेला परेका ६ कार्टुन मध्य एउटा कार्टुन शुक्रबार करिब सय क्विन्टल सुन ल्याएको रेड ट्रेडकै नाममा ल्याइएको कार्टुन भएकाले  अनुसन्धानको लागि शिलबन्दी गरेर बिभाग लगिएको जनाईएको छ। 

अरु ५ कार्टुन भने दोलखा इलेक्ट्रिक सप्लाइर्स प्राइभेट लिमिटेडको नाममा ल्याइएको हो। यद्दपि रेडी ट्रेडसँग दोलखा इलेक्ट्रिकबीचको सम्बन्ध काका भतिज भएकाले उक्त कार्टुनमा पनि सुन भएको आशंकामा दोलखा इलेक्ट्रिकको नाममा आएको कार्टुन पनि बरामद गरिएको स्रोतले जनाएको छ। 

थप तिन व्यक्ति पक्राउ 

राजश्व अनुसन्धान बिभागले आज साँझ मात्रै थप तिन व्यक्ति पक्राउ गरेको छ। बिभागले बरामद गरेको क्विन्टल सुन नेपाल ल्याउन ट्रान्सपोर्टको काम गरेको ट्रान्स ग्लोबल सर्भिस प्राइभेट लिमिटेडको मालिक तथा यस कम्पनीमा काम गर्ने कर्मचारीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। 

यस अघि: 

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

समातिएको सुन जोख्नको लागि राष्ट्र बैंक पठाईयो, विमानस्थलमा थप सुन रहेको आशंका

सुन प्रकरणमा मुछिएपछि यस्तो छ दिपक मल्होत्राको भनाई (पूर्णपाठ)

सुन समातिएको विषय छानबिनका लागि समिति गठन, ५ दिनको समय

दिपक मल्होत्राले भने 'गिरोह जोगाउन मलाई डामियो, सुनमा मेरो संलग्नता छैन'

विमानस्थलबाट बरामद भएको सुन राष्ट्र बैंक लगिने

त्रिभुवन विमानस्थल सुन प्रकरण : हालसम्म एजेण्टसहित ६ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातियो, तीन व्यक्ति पक्राऊ

त्रिभुवन विमानस्थलबाट ठूलो परिणामको सुन समातियो, डिजी भन्छन् 'अपरेशन चल्दैछ'


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved