चीनको दबाबपछि टिकटक प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 01:15:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथिको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। कोप २८ को सम्मेलन सकेर नेपाल फर्के लगत्तै आयोजित आफु निकटका संचारमाध्यमका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रचण्डले यस्तो संकेत गरेका हुन्। 

टिकटक सँधैका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको बताउँदै उनले टिकटकमाथिको प्रबन्ध हटाउने संकेत गरेका हुन्। पूर्ण रुपमा बन्द गर्नुभन्दा  नियमन गरेर अगाडी बढ्नुपर्ने धारणा प्रचण्डको रहेको छलफलमा सहभागीको भनाई छ। 

प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष सबैको सुझावअनुसार नै टिकटकमाथि प्रबन्ध लगाउने निर्णय भएको दाबि समेत गरे। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षदेखि सत्ता गठबन्धनका नेताहरुले पटक पटक टिकटक बन्द गर्न सुझाव दिएको समेत उनले बताए। 

टिकटक बन्दको निर्णयलाई लिएर चीन सरकारले प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्ड टिकटकको प्रतिबन्ध हटाउने अवस्थामा पुगेको विश्लेषण गरिएको छ। केहि दिन अगाडी नेपालको लागि चिनियाँ राजदुत चेन सोङ्गले प्रधानमन्त्री प्रचण्डलाई भेटेर टिकटकमाथिको प्रतिबन्धबारे जानकारी लिएको बताईएको छ। 

स्रोतका अनुसार भेटमा चिनियाँ राजदुतले भू-राजनीतिको कारणले टिकटक बन्द गरिएको आशंका राखेका थिए। तर प्रधानमन्त्री प्रचण्डले प्ल्याटफर्मको दुरूपयोग बढेकाले बन्द गरिएको र यो संधैलाई नभएको जवाफ दिएका थिए। तर प्रधानमन्त्री प्रचण्डको जवाफमा चिनियाँ राजदुत सन्तुष्ट भएनन्। 

टिकटक चिनियाँ कम्पनी बाईटडान्स लिमिटेडको प्रोडक्ट हो। टिकटकले यस अगाडी नै आफूमाथिको प्रतिबन्धबारे नेपाल सरकारसँग जवाफ मागेको थियो। टिकटक बन्दको निर्णय पश्चात आधा सरकार बिरुद्द दर्जन मुद्दा अदालतमा दर्ता भएका छन्।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved