
'बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें' को विजेत राजु तामाङ र सुबाश लिम्बु बनेका छन् । सिटी एक्सप्रेसले उक्त योजनाका बिजेत द्वयलाई उपहार हस्तान्तरण गरेको हो ।
फाल्गुन ९ गते कम्पनीले म्यारिएट होटलमा सो योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको जानकारी दिएको छ । योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने तामाङलाई र कोरिया बाट रेमिटान्स पठाउन लिम्बुलाई उपहार हस्तान्तरण कम्पनीले गरेको हो ।
कम्पनीका अनुसार उपहार अन्तर्गत लामाङले ५ लाख ३० हजार ७५० र लिम्बुले १ लाख रुपैयाँ पाएका हुन् ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै सो योजना ल्याएको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार रु ५०० को वालेट टप् अप, ४५ जनाले साप्ताहिक उपहार जनही रु २५ हजार र २ जनाले मासिक उपहार जनही एक लाख जित्न सफल भईसकेका छन् ।
उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।