लण्डन रेल विस्फोट ‘आतंकवादी घटना’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 03:50:19 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण-पश्चिम लण्डनमा शुक्रबार बिहान व्यस्त समयको बेला रेलमा भएको विस्फोटलाई आतंकवादी घटनाका रुपमा हेरिएको प्रहरीले जनाएको छ।

मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु 'इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस' (आइइडी) भएको बताए।घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

तीमध्ये अधिकांशलाई विस्फोटक पदार्थ पड्किएपछिको आगोको लप्काले पोलेको बताइएको छ।प्रधानमन्त्री टरिजा मेले ट्वीट गर्दै घाइतेहरु र आपत्कालिन सेवामा खटिएकाहरुप्रति सहानुभूति प्रकट गरेकी छन्।

सरकारको आपत्कालिन कमिटी कोब्राको बैठक ब्रिटिश समयअनुसार दिउँसो १ बजे बस्दैछ।लण्डनका मेयर सादिक खानले संयमका लागि अपील गरेका छन्।उनले लण्डन शहर आतंकवादबाट डराउने वा पराजित नहुने बताए। बिबिसी 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved