विमान दुर्घटनापछिको घाउँमा बंगलादेशी टेलिकम कम्पनीको मल्हम, नेपालमा गरिने सबै कल निशुल्क

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 10:03:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बंगलादेशको ढाकाबाट काठमाडौँको लागि उडेको युएस बांग्ला एयरको विमान अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा २२ नेपाली सहित ४९ जनाको मृत्यु भयो । दुर्घटनामा मृत्यु हुने अधिकांश बंगलादेशी नागरिक थिए । 

यस्तो दुखद घडीमा बंगलादेशको सबै भन्दा ठुलो टेलिकम सेवा प्रदायक कम्पनी ग्रामिण फोनले नेपालमा निशुल्क फोन गर्न सकिने ब्यबस्था सुरु गरेको छ । कम्पनीले पिडामा रहेका आफ्ना नागरिकलाई सहज होस् भनेर मार्च १४ सम्म नेपालको जुनसुकै नम्बरमा आफ्नो सेवा प्रदायकबाट निशुल्क कल गर्न सकिने ब्यबस्था गरेको हो । 

कम्पनिले भनेको छ 'घाइते र मृतकहरुको पीडामा हामी पनि संगै छौ, हाम्रो लक्ष्य भनेको मृतक र घाइतेका आफन्तजनको पीडा कम गर्नु हो' । 

देशको झन्डै पचास प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीको ५ करोड ४० लाख बढी प्रयोगकर्ता छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved