कर कटौतीको कमाल: भारतीय शेयरबजार हालसम्म कै उच्च बिन्दुमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 06:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयर बजार परिसूचकनयाँ रेकर्ड कायम गरेको छ । सोमबार बम्बई स्टक एक्चेन्जको (बिएसआई) को सेन्सेक्स २२२.२३ अंकले बढेर ३६ हजार ७ सय ४९ दशमलव ६९ को बिन्दुमा पुगेर बन्द भएपछि सूचक हालसम्म कै उच्च बिन्दुमा पुगेर बन्द भएको हो । कारोबार अवधिको क्रममा भने सूचक ३६ हजार ७ सय ४९ को बिन्दुमा पुगेको थियो । 

त्यस्तै नेशनल स्टक एक्चेन्जको निफ्टी ७५ अंकले बढेर ११ हजार ८५ को बिन्दुमा पुगेको छ । निफ्टी १ फेब्रुअरीपछि सबैभन्दा उच्च बिन्दुमा पुगेको हो ।

जीएसटी परिषदको बैठकले केहि सामानमा जिएसटी दर कटौती गर्ने निर्णयपछि शेयर बजारमा उछाल आएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बैठकले २८ प्रतिशत कर लाग्ने केहि सामानहरुलाई १२ र १८ प्रतिशत कर लाग्ने निर्णय गरेको थियो । अब केवल ३५ प्रकारका समाबमा २८ प्रतिशत कर लाग्ने छ ।

त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द दर्ता भएको अविश्वास प्रस्ताव विफल हुनुले पनि लगानीकर्ताको मनोबल बढेको भारतीय संचारमाध्यमहरुले विश्लेषण गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved