२३ करोड बीमा शुल्क उठाएको एभरेष्ट इन्स्योरेन्सको नाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २३ करोड रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १८ करोड ८० लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको थियो । कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अवधिमा दोस्रो ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले दुई करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड ५२ लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले ५१ हजार ५५८ बीमालेख जारी गरेको छ ।  कम्पनीले दोस्रो त्रैमासको अवधिमा ४८ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले ९ करोड २५ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ  । कम्पनीले दुई हजार ३१४ दावी वापत सो रकम भुक्तानी गरेको हो ।  कम्पनीमा भुक्तानी हुन बाँकी दावी संख्या  २ हजार ७८४ रहेको छ  । भने भुक्तानी हुन काँकी दावी रकम एक १४ करोड ६६ लाख  ५६ रुपैयाँ रहेको छ । 

चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ रहेको छ । त्यस्तै,  कम्पनीको बीमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved