प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र १६ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिको २०५ औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को अठारौँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त साधारण सभा भाद्र २६ गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बस्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आव २०७५/७६ को लागि बोनश शेयर तथा नगद लाभांश प्रताव नगरिएको जानकारी दिएको छ । कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा र तथा ब्यबस्थाहरु कायम गर्नुपर्ने भएकोले लाभांश दिन नसकिने जनाएको हो ।