वोमी माइक्रोफाइनान्सको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले जारी गरेको सूचना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 08:12:56 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद बिक्रि गरिरहेको छ। माइक्रोफाइनान्सले जेठ १६ गतेदेखि असार १९ गतेसम्म १० बराबर ३ कित्ता शेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। 

माइक्रोफाइनान्सले ३० प्रतिशतका दरले २ करोड ३३ लाख रुपैयाँ बराबरको  २ लाख ३३ हजार २८० कित्ता हकप्रद बिक्रि खुला गरेको हो।  माइक्रोफाइनान्सले हकप्रद प्रयोजनार्थ जेठ ४ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।

जेठ ३ सम्म कायम शेयरधनीहरुले माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु, सिद्दार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल र सीआश्वा प्रणालीमा आबद्द सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आबेदन दिन सक्नेछन ।

३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात वोमी माइक्रोफाइनान्सको चुक्ता पुंजी ७ करोड ७७ लाखबाट १० करोड १० लाख पुग्नेछ। माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved