रियाल, रिंगिट, दिर्हामको मूल्य बढ्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2018 | 11:09:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार रियाल, रिंगिट र दिर्हामको मूल्य सामान्य बढेको छ । आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५५ पैसा र विक्रिदर २६ रुपैयाँ ७० रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७१ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७१ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved