पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी, पदाधिकारीमा सबै प्रतिस्पर्धी प्यानल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 10:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन्। पोखरा उद्योग वाणिज्य संघको २३ औं अधिवेशनबाट तिवारी अध्यक्षमा बिजयी भएका हुन। 

तिवारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका छन्। दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत प्राप्त गरे।

पदाधिकारीका अन्य पदमा भने प्रजू प्यानलले जितेको छ। वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन्। उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मतसहित विजयी भएका छन्। गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ।

उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापति १८३६ मतसहित विजयी भएका छन्। यमनाथ पौडेलको ११०५ मत आएको छ। महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन्। महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ।

कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे १५०२ मतसहित विजयी भएका छन् भने प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ। उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन्। उनले सीता बराललाई पराजित गरेकी हुन्।

सदस्यमा कुमारी मना बास्तोला, रुद्रप्रसाद लुइँटेल, केशव बहादुर खत्री, दिनेचन्द्र बास्तोला, सोभियत पौडेल, बलराम आचार्य, नगेन्द्र प्रसाद सुवेदी, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी र किर्तीबल्लभ तिपाठी विजयी भए ।

क – कसले कति मत पाए

अध्यक्ष

दामु अधिकारी १४७८ ( विजयी )

रबिन्द्र बहादुर प्रजु १४७१

बरिष्ठ उपाध्यक्ष

नारायण कोइराला १७१५ (विजयी )

यदुनाथ अधिकारी १२३५

उद्योग उपाध्यक्ष

बिन्दु कोइराला सुवेदी १७११ (विजयी )

गीता तिवारी १२३८

बाणिज्य उपाध्यक्ष

पवन प्रजापति १८३६ (विजयी )

यमनाथ पौडेल ११०५

महासचिव

अर्जुज पोखरेल १७०२ (विजयी )

किसान सुनार १२४८

कोषाध्यक्ष

सुरेन्द्रमान बिजुक्छे १५०२ (विजयी )

प्रेम भुजेल १४४५

उप – महासचिव

चिनु गुरुङ १५६१ (विजयी )

सीता वराल १३८८

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved