विवादित चाबहिल–साँखु सडक पिच हुँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 02:53:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल–साँखु सडक खण्ड पिच गर्ने काम सुरु भएको छ । काठमाडौं उपत्यका सडक विस्तर आयोजनाले यो खण्ड अन्तर्गतको दक्षिण ढोका नरलिङ सडक खण्ड आइतबारदेखि पिच गरिरहेको हो । 

आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले यो सडक खण्डमा उपलब्ध जमिनमा पिच गर्ने उद्देश्यले काम अघि बढाएको बताए । ‘दक्षिण ढोका –नरलिङमा क्षेत्रको उपलब्ध जमिनमा पिच गर्न सुरु गरेका छौं,’ श्रेष्ठले भने चालु आर्थिक वर्ष भित्रमा यो सडक खण्ड पिच गर्ने छौं ।’

सरकारले २०७२ असारमा चाबहिल–साँखू सडक खण्ड विस्तारको लागि ठेक्का लगाएको थियो । ठेक्का लगाइएको तीन वर्षसम्म मुआव्जा विवाद, मेलम्ची खानेपानीको पाइप विस्तार, ढल, रुख लगायतका संरचना हटाएर सडक खाली गर्न नसक्दा विस्तारको प्रक्रिया अघि बढ्न सकेको थिएन। सडक निर्माण गर्न पुरानो पिच भत्काएर खाल्डो भत्किाइएको थियो । यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु परेको थियो ।

चाबहिल–साँखू खण्डलाई साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनेर पाँच वटा प्याकेज बनाएर ठेक्का लगाइएको थियो । यो सडक खण्ड १२ किलोमिटर चार सय मिटर छ । १० मिटरभन्दा सानो चौडाई भएको सडकलाई २२ मिटरमा विस्तार गर्नेगरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । डिजाइन अनुसार सडक विस्तार गर्दा ठूलो संख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । २२ मिटरमै सडक विस्तार गर्नुपर्ने भनेरै सोही अनुसारको बजेट विनियोजन गरेर ठेक्का लगाइएको थियो । तर स्थानीयले आफ्नो घर भत्काएर सडक विस्तार गर्न रोक लगाएका थिए । सडक विस्तार गर्न भनेर सडक भत्काउने काम अघि बढिसकेको थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुँलो उठेर यो सडक हिड्ने मानिसले निकै कठिनाई भोग्नु परेको थियो । 

चालु आर्थिक वर्ष भित्रमा सडक पिच गरिसक्ने सूचना अधिकारी श्रेष्ठको दाबी छ । ‘२२ मिटरमा सडक विस्तार गर्ने भनेर ठेक्का निकालिएको हो । मुआब्जाको समस्याले २२ मिटरमै सडक निर्माण गर्न सम्भव छैनन्’, श्रेष्ठले भने, ‘तोकिएको समयमै सडक नबन्दा धेरैले दुःख पाउँदै आएका छन् । जनतालाई राहत दिनका कुनै पनि हालतमा सडक पिच गर्नेछौं ।’

यो सडक निर्माण गर्न पाँच प्याकेजमा एक अर्ब ७३ करोड रुपैयाँको ठेक्का निकालिएको थियो । अब उपलब्ध जग्गामा मात्र सडक विस्तार गर्ने भएकाले लागत रकम पनि घट्ने छ । तर आयोजनाले डिजाइन गरे अनुसारको सडक भने बन्ने छैनन् । यसरी सडक निर्माण गर्दा कतिपय ठाउँमा पैदल यात्री हिड्न फुटपाथ समेत हुनेछैन् । १८ मिटरभन्दा कम क्षेत्रफलमा निर्माण हुने सडकमा फुटपाथ बन्ने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved