राष्ट्रिय वाणिज्य बैंकद्वारा लोपोन्मुख आदिवासी जनजाती समुदायका विद्यार्थीलाई छात्रवृत्ती प्रदान 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 18, 2017 | 04:07:54 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्धेश्यले लोपोन्मुख आदिवासी÷जनजाती समुदायका विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरेको छ। 

लोपोन्मुख आदिवासी÷जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्धेश्यले स्थापना गरिएको 'रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ती' एक कार्यक्रमबीच बैंकका संचालक समितिका सदस्य डा.रामदेव सिंहले प्रदान गरे ।

बैंकको संस्थागत सामाजीक जिम्मेवारी अन्तर्गत सो छात्रवृत्ती प्रदान गरिएको हो। यस किसिमको छात्रवृत्ती बैंकले गत वर्षदेखि दिइदै आइरहेको र  बैंकले गरेको राम्रो कार्यहरुको बारेमा आ–आफ्नो स्थानका साथीभाई तथा छरछिमेक बीच प्रचार गरिदिन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद बैद्यले आग्रह गरे।

देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी÷जनजाती समुदायका ६ जना विद्यार्थीहरुलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनका लागि सो छात्रवृत्ती प्रदान गरिएको हो।

त्यसैगरी मासीक रु ५,०००।– का दरले तीन वर्ष सम्म स्नातक तह अध्ययन गर्नका लागि कृष्णगोपाल हायु, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायु र राजाराम राजीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।

छात्रवृत्ती प्रदान कार्यक्रममा बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कबिराज अधिकारी, केशब प्रसाद लम्साल, विभागीय प्रमुख उद्धब प्रसाद खनाल, कपिलमणी ज्ञवाली, देबेन्द्र रमण खनाल, शंकर कुमार रायमाझी, विभागीय उप प्रमुख नारायण प्रसाद सुवेदी, कम्पनी सचिव शंभुनाथ योगी  लगायतको उपस्थित थियो ।    

     

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved