१२ सय मेगावाटको बूढीगण्डकी निर्माण गर्ने जिम्मा चिनियाँलाई, सम्झौतापत्रमा हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 04, 2017 | 01:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन्  ।



आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढी गण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो ।



यही जेठ ९ गतेको मन्त्री परिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved