भाडाकुटी र बाल प्रेम !

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 20, 2019 | 06:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जमाना थियो, स्कुलमा सरले हाँजिर गर्दा आफ्नो पालो आउदा ‘एस सर’ भनिन्थ्यो र साथीको पालो आउँदा साथीको मुख थुनिन्थ्यो । एक जमाना थियो, स्कुलबाट घर फर्कदा चुइगम किनेर खाँदै आइन्थ्यो, बेलुका खाना खाने बेला भित्तामा टासेर राखिन्थ्यो । अनि भोलिपल्ट स्कुल जाने बेलामा कसैले नदेख्ने गरी फेरि उक्काएर त्यही चुईगम खाँदै स्कुल गइन्थ्यो । 

त्यस्तै अर्को एक जमाना थियो, पुतलीको झुसको टीका लगायो भने पैसा भेटिन्छ भनेर स्कुल नै नगई दिनभरी पुतली खोजेर झुसको टीका लगाउन लालायीत भईन्थ्यो । बिर्सनै नसकिने अर्को जमान थियो, चुङ्गी खेल र घुर्रा घुमाउन । आफैँले सल्लाको बोक्राबाट बनाएको घुर्रा र बनमारे स्याउलाको मुन्टा टिपेर बनाएका चुङ्गी, आहा ! आजकाल त क्याण्डिक्रस र पब्जीको जमान आएको छ । 

त्यो जमाना, जुन बेलामा भाइ बहिनीलाई सबैले सुन्ने गरी फुलाईन्थ्यो । हाहा नानी हाहा....., लहै बाबु लहै........ । तर कसैले थाहा नपाउने गरि चिमोटिन्थ्यो । केटाबेटी चिच्याई चिच्याई रुन्थे । खुब मजा लाग्थ्यो ।

मतिष्कमा अझै गढेको ‘भाडाकुटी’ 

एक जमाना थियो, भाडाकुटी खेल खेल्ने । यो खेल प्राय सबैले खेलेका हुँदा रहेछन् । त्यो बाल्यकालमा खेलिने सबै जसो खेलहरु सबै भेगमा एउटै हुँदा रहेछन् । पूर्व र पश्चिममा समेत बाल अवस्थामा खेलिने निकै लोकप्रीय खेल हो ‘भाडाकुटी’ ।

उ बेलामा खेलिएको यो खेल बास्तवमा प्रेमले खेलिएको हुँदो रहेछ । वयस्क अवस्थामा गरिने प्रेममा स्वार्थ ज्यादा हुने । तर त्यो भाडाकुटी खेलमा गरिएका प्रेम, बिवाह साँच्चै निस्वार्थ थिए । यो खेल नखेल्ने सायदै कम होलान । 

भाडाकुटीमा बिहे गर्ने चलन पनि थियो । ढुंगाका छोराछोरी, वरीपरिबाट खोजेर जम्मा पारिएका टालाटुली, माटोको खाना, चप्लेटी ढुंगाका भाडाकुडा अनि माटाकै सिन्दुर निकै यादगर छन् । ढुंगाकै छोराछोरी समेत हुन्थे । साँची कसले सिकाएको होला यस्तो खेल खेल्न ? मानिस त्यसरी पनि खुशी हुन सक्ने रहेछ । 

अझ रोचक कुरा त के हो भने, जहिल्यै पनि एउटै जोडी हुन्थ्यो । आफ्नो बेहुलो बनेर खेल्ने साथी नआएको दिन केटी खेल खेल्नै मान्दैनथी । अनि केटो पनि उस्तै गथ्र्यो । किनकी, त्यो बाल प्रेम सच्चा थियो, निस्वार्थ थियो । 

बिहेमा पानी अमलाका झारको माला, लहराको माला, खर/घाँसको औँठी आहा, सम्झिदा पनि फेरि त्यही उमेरमा फर्किन मन लाग्छ । तर यो सम्भव छैन । उबेलामा भाडाकुटी खेल्दा जहिल्यै पनि मेरी बेहुली बन्न चाहाने मान्छे अहिले अर्कैकी बेहुली भईसकिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved