नाडा प्रतिनिधिले भेटे गभर्नर, आम्दानीको ५० प्रतिशत ऋण दिन पाइने बिषयमा छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 08:47:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटघाट गरेको छ। भेटमा आम्दानीको ५० प्रतिशत मात्र ऋण दिन पाइने राष्ट्र बैंकको निर्देशनको बिषयमा छलफल भएको जनाइएको छ।  

भेटमा राष्ट्र बैंकले यही पौष ८ गते ल्याएको 'क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६' ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल भएको छ।   

गभर्नर नेपालले उक्त निर्देशनबारे स्पष्ट पार्दै अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउँदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताए।

Image may contain: 2 people, people sittingउनले नेपालको निर्यात बढ्न नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरे। सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टसगरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए।

व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दै यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए। छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved