हुण्डाईका गाडी अब नेपालमै बन्ने, प्रधानमन्त्रीले गरे एसेम्बलिङ प्लान्टको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 11:19:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हुण्डाईका गाडी नेपालमै उत्पादन गर्ने गरि लक्ष्मी मोटर कर्पोरेशनले एसेम्बल प्लान्ट शुभारम्भ गरेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कन्टिनेन्टलको हुण्डाई मोटर एसेम्बलिङ प्लान्टको आज नवलपरासीमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । 

कम्पनीले प्लान्टबाट पहिलो चरणमा ‘हुण्डाई भेन्यु’ गाडीको उत्पादन गर्नेछ । यसपछि अन्य मोडलका गाडीहरु उत्पादन सुरु गरिने जनाइएको छ । लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राम नगरपालिका–६ स्थित १० बिघा जग्गामा एसेम्बल प्लान्ट लगाएको हो ।

एसेम्बलिङ प्लान्टमा १ सय भन्दा बढीले प्रत्यक्ष  रोजगारी पाएका छन् । लक्ष्मी ग्रुपले यो एसेम्बलिङ प्लान्टमा डेढ अर्ब रुपैयाँ लगानी गरेको छ ।

आयात गरेर बेच्दाभन्दा यहि उत्पादन गरेर बेच्दा गाडी पनि अहिलेको तुलनामा केही सस्तो हुने बताइएको छ । अहिले हुण्डाई भेन्युको मूल्य नेपाली बजारमा प्रति कार ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved