अजोड इन्स्योरेन्स र ब्लुक्र्स अस्पतालबीच औषधोपचार वीमाका लागि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालको तर्फबाट एक्ज्यूकेटिभ मेम्बर कमिटिका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौता अनुसार अजोडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ब्लुक्रस अस्पतालमा उपचार गराउँदा बीमालेखको सिमासम्म नगद रहित बीमा सुविधा पाउने कम्पनीका सहायक महा–प्रबन्धक अनिल अर्यालले जानकारी दिए।
असार २१ देखि वीमा कारोअबर थालेको अजोड इन्स्योरेन्सले प्रविधिमा आधारित वीमा सेवालाई प्राथमिकता दिएको सीईओ खत्रीले बताए। सोहि क्रमलाई निरन्तरता दिन अस्पतालसंग नगद रहित सेवा दिने सहमति भएको उनको भनाई छ। यो सहमति क्रमिक रुपमा देशैभरका प्रमुख शहरहरुमा रहेका अस्पतालहरुमा उपलब्ध गराईने उनले जानकारी दिए।