हुवावेको सबैभन्दा नयाँ स्मार्टफोन HUAWEI P20 Pro अब नेपालमा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको यो फोनमा विश्वकै पहिलो Leica Triple Camera जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसअघि नेपाली बजारमा Leica Dual camera सहितको P20 model भित्र्याइएको थियो, जुन फोटोग्राफीमा रुचि राख्ने नेपाली स्मार्ट फोन पारखीहरूको पहिलो रोजाई बनिसकेको कम्पनीले दाबी गरेको छ।
Leica Triple Camera मा भएको Leica color temperature sensorका कारण HUAWEI P20 Proले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार गर्न सक्छ । दिन होस् वा रात, यो स्मार्टफोनमा सूक्ष्म कणहरूसमेत कैद गरी आकर्षक तस्वीरहरू खिच्ने क्षमता राख्न सक्ने बताईएको छ। प्रविधिमा पोख्त नभएकाहरूले समेत यो स्मार्ट फोन प्रयोग गरी अत्यन्तै सुन्दर तस्वीरहरू खिच्न सक्ने जनाईएको छ ।
यो फोन नयाँखाले ट्वीलाइट र सुनौलो–गुलाबी रङ, कालो र गाढा निलो तथा ट्वीलाइट रङमा उपलब्ध छ । यो स्मार्टफोनको मूल्य नेपालमा रु ९९,९०० पर्छ ।
यस्ता छन् फोनका अन्य बिशेषता ।
आकारः ६.१ इन्च
तौलः १८० ग्राम
रङः कालो, ट्वीलाईट, गुलाबी–सुनौलो र गाढा नीलो
डिस्प्ले
आकारः ६.१ इञ्ज
प्रकारः OLED
रङः 16.7 M colors
रिजोलुसनः FHD 1080 x 2244, 408 PPI
चिपसेटः Hisilicon Kirin 970
सीपीयूस् Octa-core (4x2.4 GHz Cortex-A73 & 4x1.8 GHz Cortex-A53)
GHz Cortex-A53)