सामसुङले लियो अर्को कठोर निर्णय, ग्यालेक्सी नोट सेभेनको विक्री रोक्न आह्वान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2016 | 11:40:12 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल फोन उत्पादक कम्पनी सामसुङले विश्वभरका विश्वभर रहेका आफ्ना सबै बिक्रेताहरुलाई नोट सेभेन बिक्रिमा रोक लगाएको छ। फोनको ब्याट्री पड्किएर आग्नो लाग्ने समस्या आएपछि साटिएका फोनहरुमा पुन उस्तै समस्या देखिएपछी कम्पनीले यस्तो आब्हान गरेको हो। 

एप्पलको आइफोंन सेभेनसंग प्रतिस्पर्धाका लागि बजारमा ल्याइएका नोट सेभेनका ब्याट्रीहरु पड्किएर आगो लाग्ने समस्या देखिएपछी दक्षिण कोरियाली कम्पनीलाई ठुलो धक्का लागेको छ। 

कम्पनीले बजारमा बिक्रि गरिएका करिब २५ लाख फोन सेटहरु फिर्ता गरि तिनको साटोमा दिइएका फोनमा समेत उस्तै समस्या द्खिएपछी विश्वभर यसको बिक्रि रोक्नका लागि आफ्ना बिक्रेतालाई आब्हान गरेको हो।      

फोन सेटहरुका ब्याट्री पड्किएर आगो लाग्ने समस्या देखिएपछी कम्पनीले फोन फिर्ता मागेको यो दोस्रो पटक हो। कठोर आब्हान गर्दै कम्पनीले बिक्रिमा नै रोक लगाएको छ। यो फोन किनिसकेका उपभोक्ताले यसलाई स्वीच अफ गर्नुपर्छ र यसको प्रयोग बन्द गर्नुपर्छ।
  
आइफोन सेभेनसंग प्रतिस्पर्धा गर्न 'हतार'मा नोट सेभेन सार्वजनिक गर्दा कम्पनीले एका तर्फ करोडौको नोक्सानी बेहोर्नु परेको छ भने साथ साथै उपभोक्ताको बिश्वास गुमाउन पुगेको छ। अर्का तिर सामसुङले आइफोनको केही अंश चोरेको भन्ने आरोपमा तिर्नुपर्ने ४० करोड डलर रुपैँयाबारे  उसले अदालतमा आफ्नो तर्फबाट बहस गर्दैछ। 

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved