पञ्चकन्या ग्रुपले ४६ औं वार्षिकोत्सव मनाएको छ । भदौ १७ वार्षिकोत्सवको अवसरमा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एस.एस. वाटर ट्याङ्कका डिलरहरुलाई प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो ।
ग्रुपले सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङलाई सम्मान गरेको छ । यसका साथै पञ्चकन्याले भदौ १७ थते नै ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ८८औं जन्मोत्सव पनि मनाएको छ ।