मोहम्मद अज्मत अलि     Dec 27, 2018 | 04:52:23 PM



dace

अनलाईनबाट रेस्टुरेन्टहरुमा खाना अर्डर गर्दा ‘खल्ती’ बाट भूक्तानी गर्न सकिने भएको छ । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अनलाईनबाट खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ बीच साझेदारी सम्झौता भएपछि ‘फुडमान्डु’बाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको हो ।
खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले सम्झौतामा हस्ताक्षर गरे । साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7