ओपोले ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ। ओपोले भोक प्रविधि सुसज्जित एफनाइन (४जीबी भ्यारिण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।
सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ ।
ओप्पोको यस फोनमा अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको कम्पनीले जनाएको छ।
‘ओपोमा उपभोक्ता सँधै प्रथम प्राथमिकतामा पर्छन् । हामी तिनको आवश्यकता र चाहना बुझ्न हरदम प्रयाशरत रहन्छौँ । उहाँहरु सर्वोत्कृष्ट नवप्रबर्तन र प्राविधिक रुपमा अब्बल उत्पादनको उपयोग गर्ने चाहाना राख्छन् । ओपो एफनाइनले समय सापेक्षरुपमा उपभोक्ताको समग्र चाहनाको सम्बोधन गरेको छ ।‘मूल्य समायोजनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाई अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै थप उपभोक्तालाई एफनाइनको अनुभव लिन सहज बनाउने हाम्रो विश्वास छ ।
पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) हालैको मूल्य समायोजन पछि ३७ हजार ९ सय ९०मा उपलब्ध गराइएको छ । नयाँ मूल्य सन् २०१९को मार्च १ देखि लागू भइसकेको कम्पनीले जनाएको छ।