बिजपाटी सम्बाददाता     Apr 24, 2019 | 11:11:23 AM


tansen

ओपोले नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ओपो एफ ११ प्रो सार्वजनिक गरेको हो । कम उज्याले भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्ने यो फोनको विशेषता हो ।

एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध रहेको जनाईएको छ । एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दुई रंगमा उपलब्ध गरिएको छ । 

कम्पनीले एफ ११ र एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन पनि सार्वजनिक गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका