रिचार्जरमा सित्तैमा सपिङको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 10:48:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल एप रिचार्जरले क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्न लागेको हो । 

उक्त अफर अन्तर्गत रिचार्जरले जेठ शुक्रबारका मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा आफ्ना प्रयोगकर्तालाइ पाँच सय रुपैयाँ बराबरको सामान निशुल्क उपलब्ध गराउन लागेको जनाएको छ । यसरी अर्डर हुने सामान डेलिभरी पनि निशुल्क हुने जनाइएको छ ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्जेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउने छ । पाँच सय रुपैंयाभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एशिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाहरुले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने ग्लाइडरले बताए ।

रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर पाँच सय रुपैयाँ बराबरको सामान उपलब्ध गराउने भएको हो । कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

उक्त तीन वटै बैंकले रिचार्जरबाट पाँच हजार रुपैयाँसम्मको सामान किनेर रकम तिर्नेहरुको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिने जनाइएको छ । साथै क्यास अन डेलिभरीको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार त्यस्तै नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा एक सय रुपैयाँ क्यास प्वाइन्ट पाउने र जतिको रिचार्ज गर्यो त्यति नै क्यास व्याक पनि पाइन्छ । मोबाइल रिचार्जका अलावा बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा २० पनि प्रतिशत क्यास को व्यवस्था पनि गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved