पाकिस्तान बिरुद्द भारतको शानदार जित, कोहलीले तोडे सचिनको रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 06:06:05 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै भारत तेस्रो स्थानमा उक्लिएको छ  । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको हो  । खेल पटक पटक बर्षाले प्रभावित भएपछि डिएल मेथडको आधारमा भारत विजयी भएको हो  

टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनायो  । भारतको लागि रोहित शर्माले सर्बाधिक १४० रन बनाए भने कप्तान विराट कोहलीले ७७ रन जोडे  । त्यस्तै केएल राहुलले ५७ रन बनाए  ।

डिएल मेथडको आधारमा ४० ओभरमा ३०२ रनको लक्ष्य पाएको पाकिस्तानले ६ विकेटको क्षतिमा २१२ रन मात्र जोड्न सक्यो  ।

पाकिस्तानको लागि फाकर जमादले सर्बाधिक ६२ र बाबर आजमले ४८ रन बनाए  । भारतको लागि विजय शंकर, हार्दिक पाण्डे, र कुलदिप यादवले समान २-२ विकेट लिए  । यस जित संगै बिश्वकपमा आजसम्म खेलिएका सबै खेलमा भारतले पाकिस्तानलाई हराएको छ  । 

यो खेलको समाप्तिपछि भारतको ४ खेलबाट ७ अंक भएको छ भने पाकिस्तानको ५ खेलबाट ३ अंक छ  । भारत अंक तालिकाको तेस्रो तथा पाकिस्तान तालिकाको ९ औ स्थानमा छ  । 

यो पनि : 

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved