फोर्स मोटर्सको दशैँ अफर, गाडी किन्दा सुनदेखि बैंकक टुर अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

फोर्स मोटर्सको नेपालका लागी आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले  फोर्स मोटर्सको १४ सिट क्षमता भएको  ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरीदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेजको अफर ल्याएको हो । त्यस्तै ट्रयाक्स कार्गो किङ्ग  पिकअप को खरिदमा १ तोला सुनको हार र नगद रु.२५,०००÷– छुटको अफर ल्याएको  आयाम इन्टरकन्टिनेन्टल प्रा.लीका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।

ग्राहकले  आयाम इन्टरकन्टिनेन्टलको काठमाडौँ गैहिृधारा ,पोखराको बुद्दचोकमा शोरुमबाट यो अफर पाउन सक्ने छन्  । कम्पनीले  स्थानीय डिलरको रुपमा विराटनगरको कन्चनबारीमा के.आर.अटोमोबाइल ,चितवनको भरतपुरमा रेयान मोटर्स , इटहरी र भक्तपुरमा जी.मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री  गरिरहेकोले यी स्थानबाट अफर प्रयोग गर्ने सक्ने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव थापाले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved