प्रभु बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 09:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले  ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले एक हजार अंकित दरका  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनको लागि बैंकले  नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर  गरेका हुन् । 

८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले  वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ। 

यस अघि प्रभु बैंकले निष्काशन गरेको १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” माग भन्दा बढी आवेदन परेपछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved