सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु, स्थानीयलाई आईपिओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 08:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ । भिजन लुम्बिनीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको जानकारी दिईएको हो  ।  

आयोजनाका अध्यक्ष जगत् पोखरेलले आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने जानकारी दिए । करीब रु पाँच अर्ब लगानी गरिने २५ मेघावाट क्षमताको सो आयोजनामा भिजन लुम्बिनीमा आबद्ध एक हजार सदस्यले रु पाँच लाखदेखि रु एक करोडसम्म लगानी गरेका छन् । कास्कीको सर्दिखोला माछापुच्छ्रे« गाउँपालिकाको सीमामा सो आयोजनास्थल रहनेछ । 

 आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ । 

नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच गएको मङ्सिर ६ गते काठमाडौँमा विद्युत् खरीद सम्झौता (पिपिए) भएको थियो । आयोजनासँग वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा खरीद दर निर्धारण गरिएको छ । “हामीले विद्युत् खरिद सम्झौता गरिसकेका छौँ अब जलविद्युत् आयोजनाको भविष्य के हुने र त्यसबाट उत्पादन भएको विद्युत् कहाँ निर्यात गर्ने भन्ने विषय सरकारको हो”, भिजन लुम्बिनीका वित्त निर्देशक ज्ञानेन्द्र कसजुले भने । 

आयोजनाले गत साउन १७ गते पोखरामा सेती नदी जलविद्युत् आयोजना र माछापुच्छ्र«े गाउँपालिका– २ का स्थानीयसँग आयोजना निर्माणका लागि विभिन्न सम्झौता पनि गरेको छ । भिजन लुम्बिनीले यसबाहेक स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन विकास, अध्ययन अनुसन्धान तथा जनसम्पर्कलगायतका क्षेत्रमा पनि काम गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved