संस्कृतिको संरक्षमा अनेरास्ववियु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 06:36:33 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संस्कृति संरक्षण गर्ने उद्देश्यले आगामी असोज १ गते राष्ट्रिय नाचघरमा ‘सांस्कृतिक शुभकामना साँझ’ गर्ने भएको छ । 

उक्त कार्यक्रममा मुलुकमा विभिन्न जातजाति र समुदायका वेशभूषामा सजिएर राष्ट्रियस्तरका कलाकारले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिने अनेरास्ववियुका कार्यालय सचिव नारायण घर्तीले जानकारी दिए  । 

पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन गरिने सो कार्यक्रमबाट संकलन हुने रकममध्ये केही दैवीप्रकोप प्रभावितलाई तथा केही सामाजिक कार्यमा प्रयोग गरिने बताइएको छ । 

मुलुकमा व्यावसायिक शिक्षा उपलब्ध गराई विद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्ने माग गर्दै शैक्षिक क्षेत्रमा आन्दोलन गर्दै आएको अनेरास्ववियुले यसअघि भूकम्पप्रभावित तथा बाढीपहिरो प्रभावितलाई सहयोग उपलब्ध गराइसकेको छ । 

मुलुकमा संविधानसभाबाट संविधान जारी गर्दा सरोकारवाला पक्षलाई दबाब तथा संविधान संशोधनको औचित्यकाबारे देशव्यापी रुपमा छलफल तथा बहस चलाउने कार्यसमेत संगठनले गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved