'साहो' को ८ मिनेटको सिन खिच्न ७० करोड भारु, फिल्मको बजेट कती ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 10:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुप्रतिक्षित चलचित्र साहो रिलिजको संघारमा रहेको छ । रिलिजको संघारमा रहेको फिल्मको चर्चा पनि उत्तिकै रहेको छ । बाहुबली सिरिज जस्तो बलिउडकै सफल फिल्म दिएका प्रभासको फिल्म भएको कारण पनि साहोको चर्चा बढेको हो ।

हाल फिल्मको टिजर रिलिज भइसकेको छ । टिजरको चर्चासँगै एउटा अर्को चर्चा फिल्मको ८ मिनेटको एक्सन सिन खिच्नको लागी लागेको बजेटले बढाएको छ ।

श्रोतको अनुसार साहो को उक्त एक्सन सिन खिच्नको लागी ७० करोड भारु खर्च भएको जनाइएको छ । जुन रकम बलिउडको एउटा ठुलो बजेटको फिल्म बनाउने बराबरको रहेको छ । 

आबुधावीमा खिचिएको फिल्मको ८ मिनेट लामो एक्सन सिनको लागि उक्त रकम खर्च भएको हो । फिल्ममा हलिउडका फाइट डिरेक्टरको एक्सन कोरियोग्राफ रहेको छ । 

३०० करोड भारु लागत रहेको फिल्ममा प्रभासको साथमा श्रद्धा कपुर, चंकी पाण्डे, महेश मांजेकर, अरूण विजय तथा मुरली शर्मा आदिको मूख्य भूमिका रहेको छ । फिल्मलाई एकैसाथ हिन्दी, तामिल र तेलेगु भाषामा खिचिएको छ ।

सुजितले निर्देशन गरेको फिल्म १५ अगस्टमा रिलिज हुदैँछ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved