तिहारसँगै बढ्यो झिलिमिली बत्तीको व्यापार, कस्ता बत्तीको मूल्य कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 21, 2019 | 03:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार (दिपावली) नजिकिएसँगै चहलपहल सुरु भएको छ । विद्युतीय वत्तीको विक्रि बढेको छ । इलेक्ट्रिक पसलहरुमा ग्राहकको घुँइचो लाग्न थालेको छ।

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटा यस वर्षको तिहारमा मात्रै करिब ६० करोड बराबरको झिलिमिली बत्ती नेपाल आउने  बताउँछन ।

एउटै लामो तारमा निकै थरीका बुल (बल्ब)हरु राखेर बनाईएका झिलिमिली बत्तीहरुको ब्यापार तिहारमा निकै हुने गरेको व्यवसायी बताउँछन् । तर यसको उत्पादन भने स्वदेशमा हुँदैन । धेरैजसो इलेक्ट्रिक सामान चीनले बनाउने भएकाले यस्ता झिलिमिली बत्ती पनि चीनबाटै ल्याउने गरिन्छ । कुल आयातको ९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छन् । बाँकी १० प्रतिशत भारतबाट ल्याउने गरिन्छ । 

ठूला घर भएका धनाढ्यहरुले महंगा बत्ती खरिद गर्ने र सामान्य आर्थिक अवस्था भएकाले कम मूल्यका बत्ती किन्ने व्यापारीहरु बताउँछन् । बल्ब नै बल्ब भएको लामो तार हुने भएकाले कोठा, घरका सिलिङ, छत, बगैँचा लगायत सजाउन झिलिमिली बत्ती प्रयोग गरिन्छ । 

हाल बजारमा उपलब्ध हुने झिलिमिली बत्ती एउटाको ५० रुपैयाँदेखी सुरु हुन्छ । सामान्यतया ५० रुपैयाँमा पाईने बत्तीको तार २ मिटर जति लामो हुन्छ । बजारमा हाल यस्ता झिलिमिली बत्ती २० हजार रुपैयाँ प्रतिगोटाका समेत उपलब्ध छन् ।

तिहारमा बढी बिक्रि हुने सिंगल तारमा साना बल्बजडित बत्तीको प्रतिमिटर ८० रुपैयाँ देखि चार सय रुपैयाँसम्म पर्ने गर्दछ। तिहारको समयमा मात्र नभई पछिल्ला दिनहरुमा विभिन्न पार्टी, विवाह र समारोहमा समेत यस खालका बत्तीहरुको प्रयोग बढेको छ।   

बत्तीको प्रकार, तारको लम्बाई, गुणस्तर, बिशेषता, उपलब्धता आदीको आधारमा मूल्य फरक पर्न सक्छ। यद्दपी बजारमा उपलब्ध केही बत्तीको मूल्य यस्तो छ: 

एलइडी लाइट

एकै प्रकारको नहुने लामो, छोटो, दियो, नेट, आकारको एलइडी बत्तीको मूल्य सामान्यतया २ देखि ५ सय रुपैँयासम्म पर्दछ।  प्रतिपिस ५ मिटर लम्बाईको मूल्य २ सय तथा १० मिटरको मूल्य ४ सय रुपैयाँ पर्दछ।

पाइप लाईट

पारदर्शी पाइप भित्र हुने पाइप लाइट टिकाउ बत्तिको रुपमा लिइन्छ। यस्ता बत्तीको मूल्य लम्बाई अनुसार प्रति ५ मिटरको ५ सय देखि १ हजार रुपैयाँसम्म पर्दछ। 

डिस्को लाइट

पछिल्ला समय पार्टी, विवाह र समारोहमा समेत प्रयोग हुने डिस्को लाइटको आकर्षण पनि बढेको छ। एकै ठाउँमा राखेर चारैतिर उज्यालो फाल्ने यस्ता बत्तिको मुल्य ७ सय देखि १५ सयसम्म पर्छ।

एलइडी फ्रेम

अन्य समयमा पनि प्रयोगमा आउने एलइडी फ्रेमको प्रयोग पछिल्ला समय बढेको छ। धेरैले तिहारमा शुभ दिपावली लेखेको फ्रेम प्रयोग गरेका छन। यस्ता एलइडी फ्रेमलाई ६ सय देखि ८ सयसम्म पर्ने ब्यापारीहरु बताउँछन्।


कस्ता बत्ती किन्ने ? 

ग्राहकले यस्ता झिलिमिली बत्ती किन्दा एलइडी बल्ब भएका किन्नु राम्रो हुने व्यवसायीको सुझाव छ । यस्ता बल्ब भएका बत्तीहरु एक वर्षमै नबिग्रने भएकाले धेरै वर्ष प्रयोग गर्न सकिन्छ ।

एक पटकको तिहार सकिएपछि झिकेर राख्ने र अर्को तिहारमा त्यही प्रयोग गर्न मिल्ने भएकाले एलइडी बल्ब भएका बत्ती किन्नु उपर्युक्त हुनेछ। आफैँ निभ्दै, बल्दै गर्ने भएकाले यसले चमक दिने गर्छ । सजावटकै सामानका रुपमा यस्ता बत्तीलाई लिइन्छ । 

तुलानात्मक रुपमा सेतो तार भएका बत्ती किन्न व्यवसायीले सुझाव दिएका छन् । गोलो नभई चेप्टो आकारका तार भएका बत्ती किनेमा लामो समय टिक्ने र तीनीहरुको सुरक्षा गर्न समेत सहज हुने व्यवसायीको सुझाव छ । बल्बहरु साना हुने भएकाले फुटेर टुक्राटाक्री भुईमा खस्न सक्ने भएकाले यसमा उपभोक्ता आफैँ सचेत रहनुपर्ने हुन्छ । तर अहिले बल्बहरु प्रायः प्लाटिष्कले ढाकेर आउने गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved