एनआइबिएलले खुलामुखी म्युचअल फन्ड संचालन गर्ने, यसरी पुर्याउदै छ चुक्ता पुंजी ३५ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 10:10:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल क्यापिटलले निकट भविष्यमा नै सामुहिक लगानी कोष अन्तर्गत खुलामुखी योजना संचालन गर्ने भएको छ। २०६९ साउन १५ गते कारोबार सुरु गरी यस ५ बर्षको अवधिमा हासिल गरेको उपलब्धी तथा कम्पनीको पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी दिन आयोजित कार्यक्रममा क्यापिटलले यस्तो जानकारी दिएको हो। 

क्यापिटलले हाल सामुहिक कोष अन्तर्गत एनआइबिएल समृद्धि फन्ड-१ र एनआइबिएल प्रगती फन्ड गरी २ वटा बन्दमुखी योजनाहरु संचालन गर्दै आएको छ भने एनआइबिएल सहभागिता फन्ड संचालनको लागी धितोपत्र बोर्डको अनुमतीको पर्खाईमा रहेको छ। 

आगामी योजना 

क्यापिटलले आफुले प्रदान गर्दै आइरहेका सेवाहरु देशका विभिन्न जिल्लाहरुबाट उपलब्ध गराउन शाखा कार्यालयहरु बिस्तार गर्ने लक्ष्य लिएको छ। यस आर्थिक बर्ष भित्र १० वटा शाखा बिस्तार गर्ने योजना रहेको क्यापिटलले जनाएको छ। यही योजना अनुसार तत्काल क्यापिटलले पोखरा, लगनखेल र सिपाटोलमा शाखा बिस्तार गर्ने भएको छ। 

त्यस्तै एनआइबीएल क्यापिटलले एस क्यापिटललाई प्राप्ति गर्ने तथा संस्थागत परामर्शदाताको कार्यहरु समेत सुरु गर्ने भएको छ। एस क्यापिटललाई प्राप्ति पश्चात एनआईबिएल क्यापिटलको चुक्ता पुंजी १८ करोड पुग्ने छ। क्यापिटलले क्रमिक रुपमा चुक्ता पुंजी ३५ करोड पुर्याउने लक्ष्य लिएको जानकारी दिएको छ।

अहिलेको अवस्था  

२०७० सालमा सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आफ्नो पहिलो काम मेगा बैंकको आइपीओबाट सुरु गरेको क्यापिटलले हाल ३० वटा संस्थाका करिब ५ लाख ७२ हजार ३०० सेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा पुर्याउदै आएको छ। क्यापिटलले स्थापनाको ५ बर्षको अवधिमा इस्यु म्यानेजरको रुपमा २८ वटा संस्थाको करिब ७ अर्ब २३ करोड रुपैयाँ बराबरको आइपिओ, एफपीओं र हकप्रद निष्काशन गरेको छ। क्यापिटलले हाल १ लाख ३ हजार भन्दा बढी हितग्राही खाता संचालन गर्दै आएको छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीको रुपमा संचालनमा रहेको क्यापिटलले एकीकृत मोबाईल एप मार्फत निक्षेप सदस्यले हितग्राहीको खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पती मुल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको बिबरण हेर्न सक्ने गरी सम्पूर्ण अनलाइन सेवा प्रदान गर्दै आएको छ।


वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम  

२०६७ सालमा स्थापना भई २०६९ देखि कारोबार सुरु गरेको ५ बर्ष पुरा गरेको अवसरमा क्यापिटलले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। यसै सन्दर्भमा क्यापिटलले रक्तदान कार्यक्रम, लगानी व्यवस्थापन सम्बन्धी सचेतानात्मक कार्यक्रम र अनाथ बालबालिकाको लागी आर्थिक सहयोग गरेको छ। 

यस अवसरमा क्यापिटलले २ जना अनाथ बालबालिकालाई कक्षा १० सम्म निशुल्क शिक्षा दिने उदेश्यले यस सम्बन्धित कार्य गर्दै आएको फर्स्ट रे अफ होप संस्थालाई २ लाख ५० हजार रकम उपलब्ध गराएको छ। त्यस्तै एक जनाको स्कुल, होस्टेल, पुस्तक तथा पोशाकको खर्च बेहोर्ने गरी क्यापिटलले इसीडिसी फाउन्डेसनलाई १ लाख ५० हजार सहयोग गरेको छ।

साथमा ५ जना बालबालिकाको लन्च खर्च बापत क्यापिटलले हार्ट बिट फाउन्डेसनलाई ३० हजार रकम सहयोग गरेको छ।     

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved