प्रभावकारी बन्दै '२५ सयले ५० हजारको उपचार पाइने' स्वास्थ्य बिमा कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 25, 2018 | 06:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो पटक २०७३ चैत अन्तिम सातादेखि कैलालीवाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी बन्दैछ। सुरुमा देशका कैलाली, बांग्लुङ र इलाममा संचालनमा रहेको यो कार्यक्रम अहिले विभिन्न ३६ जिल्लामा पुगेको छ। 

सबै नेपालीलाई स्वास्थ्य वीमाको पहुँचमा पुर्याउने उदेश्यले संचालनमा ल्याइएको स्वास्थ्य वीमा कार्यक्रम हाल ३६ जिल्लामा सञ्चालित छन। यो  कार्यक्रम प्रत्येक ३-३ महिनामा थप ५-५ जिल्लामा विस्तार हुने भनिएपनि त्यस अनुसारको देखिएको छैन । तर कार्यक्रम सञ्चालित जिल्लाहरुमा स्वास्थ्य वीमा गराउनेको संख्या उत्साहजनक रहेको तथ्यांकले देखाएको छ।   

२०७४ साल असार ११ गतेसम्म ९ लाख १८ हजार २ सय ३४ जनाले स्वास्थ्य वीमा गराएका छन्। जस मध्ये सबैभन्दा धेरै चितवनमा १ लाख ३५ हजार ७७ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन भने रुकुममा १ हजार १३५ जनाले यो सेवा लिएका छन।   

पछिल्लो पटक तनहुँमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा ३६ हजार २८८ जनाले स्वास्थ्य बिमा गराईसकेका छन। स्वास्थ्य बिमा गराएका मध्ये १६ हजार ९५६ जनाले बिमा बापतको उपचार सेवा पनि लिइसकेका छन।  

बिमा कार्यक्रममा मध्यमवर्गीय नागरिक बढी आकर्षित भएको तथ्यांकले देखाएको छ। यस बिमा कार्यक्रमले मानिस स्वास्थ्यप्रति पनि सचेत हुन थालेको स्वास्थ्य बिमा बोर्डको भनाई छ। बोर्डका अनुसार असार भित्र हुम्ला, जुम्ला सहितका थप ४ जिल्लामा कार्यक्रम विस्तार हुनेछ । अब तीन वर्षभित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने बोर्डले जनाएको छ। 

स्वास्थ्य बिमा कार्यक्रम ५ जना सम्मको परिवारलाई बार्षिक २५ सय शुल्कमा ५० हजारको उपचार गर्ने व्यवस्था हो। स्वास्थ्य बिमा बापतको बार्षिक २५ सय रुपैयाँ तिरेपछि यस कार्यक्रम मार्फत ५० हजार रुपैयाँले भेटे जति उपचार हुन्छ। 

बिमा बापतको बार्षिक शुल्क तिरेर सदस्यता लिने व्यक्ति र उ सहितको परिवारको ५ जना सदस्यले स्वास्थ्य बिमा सुविधा लिन सक्छन। यसमा कस्मेटिक सर्जरी, कान सुन्ने महँगो यन्त्र, महंगा चस्मा समावेश छैन। 

स्वास्थ्य बीमा गरेपछि के कस्ता सेवा सुविधा पाईन्छ ?

(क) योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवर्द्धनात्मक सेवा,

(ख) खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा, 

(ग) बहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधी, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा,

(घ) निदानात्मक तथा पुनर्स्थापना सम्बन्धी सेवा,

(ङ) हवाई एम्बुलेन्स बाहेकको एम्बुलेन्स सेवा,

(च) तोकिए बमोजिमका अन्य  सेवा ।

कस्ता सेवा पाईदैन ?

(१) प्लास्टिक सर्जरी, 

(२) कृत्रिम गर्भाधान सेवा,

(३) तोकिए बमोजिमका अन्य सेवा ।

उपचार सेवाका लागी कहाँ सम्पर्क गर्ने ?

(१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित अस्पताल, स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक तथा सामुदायिक स्वास्थ्य इकाई,

(२) निजीस्तरबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक तथा क्लिनिक,

(३) सामूदायिक, सहकारी, गैरसरकारी सङ्घ संस्थाबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक र क्लिनिक, 

(४) फार्मेसी तथा निदानात्मक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था,

(५) आयुर्वेद अस्पताल, होमियोप्याथी, अक्युपञ्चर उपचार गराउने अस्पताल तथा प्राकृतिक चिकित्सालय,

(६) तोकिए बमोजिमका स्वास्थ्य सेवा प्रदान गर्ने अन्य संस्था ।


बृस्तृतमा जान्नका लागि स्वास्थ्य बिमा कार्यक्रमका कार्यकारी निर्देशक डा.गूणराज लोहनीसंगको यो अन्तर्वार्ता पढ्नुहोस।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved