'नेपाली औषधि उद्योगलाई जे नियम लाग्छ, बिदेशीलाई पनि लगाइनु पर्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2017 | 07:59:01 AM मा प्रकाशित

laxmi  sunrise bank

देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्माले सरकारको नीति नेपाली उद्योगमैत्री नभएको बताएका छन। देउराली जनता उत्पादन शुरु गरेको २६ वर्ष पुरा गरेर २७ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित बार्षिकोत्सब कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन।

सरकारले, औषधि व्यवस्था विभागले विदेशी औषधिको गुणस्तर र बजारलाई छाडा छोडेको तर नेपाली औषधि उद्योगको घाँटी थिच्ने काम गरेको प्रबन्ध निर्देशक शर्माले बताए। नेपाली औषधि उद्योगलाई जे नियम लाग्छ सोहि नियम बिदेशीलाई पनि लगाइनु पर्ने बताउदै प्रबन्ध निर्देशक शर्माले आफुहरुले विदेशी औषधिसँग प्रतिस्प्रर्धा गर्न सक्ने बताए।

'सरकारले, औषधि व्यवस्था विभागले विदेशी औषधिको गुणस्तर र बजारलाई छाडा छोडेको तर नेपाली औषधि उद्योगको घाँटी थिच्ने काम गरेको छ' उनले बताए। ‘राज्यले स्थापना गर्न नसकेको ल्याबमा नेपाली उद्योगीलाई राख भन्नु र उक्त ल्याबमा टेष्ट गर भन्ने नेपाली उद्योगीको घाँटी थिच्नु हो’ शर्माले भने। 

बिदेशी कम्पनीले ल्याब टेष्ट गर्नु नपर्ने तर नेपाली औषधिले मात्र त्यस्तो टेष्ट गर्नुपर्ने, विदेशमा बनेको औषधिलाई नेपालीमा लेख्नु नपर्ने, नेपालीले औषधिले भने नेपाली भाषामा नै लेख्न वाध्य पारिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाए ।'राज्यले २०० मोलिक्यलको औषधिहरु विदेशबाट आयातमा प्रतिबन्ध लगाउने हो भने औषधिको क्षेत्रमा नयाँ लगानी थपिने र औषधिमा आत्मनिर्भर बन्ने छ' शर्माले भने।

शर्माले २५ वर्ष पूरा गरेका देउराली जनता फर्मास्यूटिकल्स जस्तो उद्योग २५ वटा कम्पनी पनि नभएको उल्लेख गर्दै हरेक गाविसमा एउटा यस्तो उद्याग हुने हो भने नेपालीहरुले विदेशी भूमिमा फोहोर, गनाउने र सबैभन्दा कठिन काम गर्नु नपर्ने बताए ।  उद्योग विस्तार गर्ने क्रममा नगरपालिकाले निर्माण कार्य रोक्न दुई पटक पत्र लेखेको बताउदै अरु देशमा लगानीकर्तालाई स्वागत गरिन्छ, नेपालमा किन लखेटिन्छ ? भन्दै कार्यक्रम उपस्तिथ औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालका अगाडी राज्यसामु प्रश्न राखेका छन। 

कार्यक्रममा अतिथि रहेका औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालले स्वाधिनताको नाममा आडम्बरको राजनीति नर्गन उनले राजनीतिक नेतृत्वलाई सुझाव दिए। 

देउराली जनताले बिगत २६ बर्ष देखि नेपालमा औषधि उत्पादन गर्दै आएको छ। २०४७ देखि उत्पादन शुरु गरेको यो कम्पनीले हाल झोल, ट्यावलेट, क्यापसुल, ड्राईपाउडर, मल्हम गरी ३०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धि रोग, मधुमेह, चर्म रोग लगायत धेरै रोगको उपाचार गर्ने उच्च गुणस्तरको औषधि उत्पादन गर्दै आएको छ ।

हालसम्म कम्पनीमा १ अर्ब २० करोड भन्दा बढी लगानी भएको प्रबन्ध निर्देशक शर्माले बताएका छन। उनका अनुसार कम्पनीमा हाल ४१५ जनाले रोजगारी पाएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved