शरणार्थीको कोभिड-१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 12:37:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न देशबाट आएर नेपालमा बसाेबास गरेका शरणार्थीकाे कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकाे छ । विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पीसीआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी सरकारले नेपालीका लागि कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र निःशुल्क उपचार गरेपछि शरणार्थीहरुलाइ समेत समावेश गराउन सबै प्रयाेगशालालाइ पत्राचार गरीएकाे बताउँछन् ।

हाल नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved