पाकिस्तानको हबिब बैंकलाई २३ अर्ब जरिवाना, नेपालको साझेदार बैंकमा त्यसको प्रभाब के ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 06:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले पाकिस्तानको सबै भन्दा ठुलो निजि बैक हबिब बैंकको शाखा न्युयोर्कबाट बन्द गर्ने निर्देशन दिएको छ। हबिब बैंकले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित नियम पालना नगरकोे भन्दै न्युयोर्क स्थित हबिब बैंकको शाखा बन्द गर्न निर्देशन दिइएको हो।

अमेरिकाको बैंक तथा वित्तीय संस्था नियमन निकाय,डीएफएसले हबिब बैंकले आंतकबादी संगठनको वित्तीय व्यवस्थापन र सम्पत्ति शुद्धीकरणको नियम पालना नगरेको भन्दै त्यहाँ स्थित शाखा बन्द गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।   

  सन १९७८ देखि अमेरिकामा शाखा स्थापना गरी कारोबार संचालन गर्दै आएको हबिब बैंक गैरकानुनी काममा संंलग्न देखिएकाले उसको शाखा बन्द गर्न बाध्य भएको अमेरिकी नियमन निकायका अधिकारीलाई उदृत गर्दै फाइनान्सियल टाइम्सले समाचार लेखेको छ।

डीएफएसले हबिब बैंकलाई लामो समय देखि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित नियम पालना गर्न सचेत गराउदै आएको थियो। डीएफएसले हबिब बैंक माथि करिब ६४ अर्ब रुपैयाँको जरिवाना लगाउने सोच बनाएको फाइनान्सियल टाइम्सले लेखेको छ। तर अमेरिकी नियमन निकायले भने हबिब बैंकलाई २२५ मिलियन अमेरिकी डलर अर्थात २३ अर्ब ९५ करोड जरिवाना तिराउने निर्णय गरेको छ। 

'हबिब बैंकलाई ६४ अर्ब जरिवाना तिर्न भनेपछी आफुहरु आश्चर्यमा परेका थियौं' पाकिस्तान स्टक एक्स्चेन्ज हबिब कम्पनीका सचिव नयसिन बहमेदलाई उदृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ। अमेरिकी नियमन निकायबाट आएको ठुलो जरिवानाका कारण हबिब बैंकले न्युयोर्क शाखा बन्द गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ। 

नेपालमा सन १९९३ मा स्थापना भई बैंकिङ कारोबार संचालन गर्दै आएको हिमालयन बैंकको साझेदार हबिब बैंकलाई यत्रो ठुलो कारोबाही हुँदा  हिमालयन बैंकमा त्यसको असर कस्तो पर्ला भन्ने चाँसो बढेको छ। हिमालयन बैंकमा जोइन्ट भेन्चरको रुपमा रहेको हबिब बैंकको सेयर हिस्सा २० प्रतिशत छ। 

हबिब बैंकले नेपाली बैंकसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय कारोबार गर्दै आएको अवस्थामा अमेरिकाको कारबाहीले अप्रत्यक्ष असर पर्ने बुझाई रहेको छ। तर हिमालयन बैंकका एक उच्च अधिकारीले हबिब बैंकलाई अमेरिकामा भएको कारबाहीले हिमालयन बैंकलाई कुनै असर नपर्ने बिजपाटीलाई बताएका छन।     


    


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved