उत्तर कोरियापछि अर्को देशले पनि गर्यो नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 11:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank इरानले नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ। तेहरानमा एउटा सैनिक परेडमा खूरामशार क्षेप्यास्त्रलाई शुक्रवार सार्वजनिक गरिएको थियो।

उक्त क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म मार हान्न सक्ने अधिकारीहरुले बताएका छन्।

त्यहाँको सरकारी टेलिभिजनले क्षेप्यास्त्र परीक्षणका फूटेजहरु प्रसारण गरेको थियो।

प्रतिरक्षात्मक

यसअघि इरानले गत जनवरीमा खूरामशार क्षेप्यास्त्रको परीक्षण गरेको थियो तर मध्यमार्गमै त्यो विस्फोट भएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेको केही दिनपछि इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो।

तर इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रमको बचाउ गर्दै आएको छ।

इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षा गर्ने प्रयोजनका निम्ति भएको बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved