न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 08:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ। भुकम्पको ठुलो झड्काको कारण उत्तरी आइल्याण्डको पूर्वी तट क्षेत्रका बासिन्दाहरुलाई सो क्षेत्रबाट हटाइएको छ।   

गिस्बार्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपछी सुनामीको खतरा रहेकोले सुरक्षा अधिकारीहरुले सो क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको अन्तर्राष्ट्रिय संचार एजेन्सीहरुले जनाएका छन। यद्दपी सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।

भूकम्पको केन्द्र १९.१ माइलको गहराईमा अमेरिकी एजेन्सीले बताएका छन। स्थानीय समय ४ बजेर ३७ मिनेट जाँदा भूकम्प आएको गएको थियो। स्थानीयहरुले भूकम्पको ठुलो झड्का महसुस गरेपनि ठुलो नोक्सानी भएको समाचार अहिले सम्म बाहिर आएको छैन।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली  हुने गरेको अधिकारीले बताएका छन् ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved