भारतको असामबाट उडेको जहाज सम्पर्कबिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 02:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय वायु सेवाको एक विमान सम्पर्कबिहिन भएको छ । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक रहेको बुझिएको छ ।  विमान अरुनान्चल प्रदेशको चिनियाँ सीमा नजिक ल्याण्ड गर्ने तालिका रहेको थियो  । विमानको खोजी कार्य जारि रहेको छ । 

जुलाई २०१६ मा भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो  ।  २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन  । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved