पत्रकार खगोश्सी हत्याको जिम्मा साउदी राजकुमारले लिए !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 12:27:59 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबका पत्रकार जमाल खगोश्सी हत्याको जिम्मा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले लिएका छन् । समाचार संस्था रोयटर्सले जनाए अनुसार राजकुमार सलमानले पत्रकार खगोश्सीको हत्याको जिम्मा लिएका हुन् । 

सीआइए र पश्चिमा देशले समेत खगोश्सीको हत्या सलमानले नै गर्न लगाएको आरोप लगाएका थिए । आफूले हत्या गर्न लगाएको विषयमा सलमानले स्वीकार नगरेपनि आफ्नै देशको वाणिज्य दूतावासमा घटना भएकाले नैतिकताको रुपमा आफूले जिम्मा लिने बताएको जनाइएको छ । 

 ‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ वृत्तचित्रमा सलमानले घटनाको जिम्मा लिएका हुन् । उनले भनेका छन्, ‘म हुँदा हुँदै यस्तो दुखद् घटना भयो, म यसको पुरा जिम्मा लिन्छु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved