विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2019 | 08:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ ।

प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९ः०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा पढ्न हिँडिरहेका बालबालिकाहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीले घटनामा अफगानी तालिवान विद्रोहीको सम्लग्नता रहेको हुनसक्ने बताएको छ । तर तालिवान विद्रोहीबाट शनिबार साँझसम्म घटनाबारे केही प्रतिक्रिया आएको छैन ।दार्कद जिल्लामा विगत दुई महिनादेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूबीच पटकपटक दोहोरो भिडन्त भइरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved