अर्को ठुलो दुर्घटना टर्यो,  धावन मार्गमा एक आपसमा ठोक्किनबाट बचे २ जहाज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 11:45:19 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा एकै दिन २ ठुला जहाज दुर्घटना टरेको छ । भारतको गोवामा र दिल्ली विमानस्थलमा जहाज दुर्घटना टरेको हो ।  

दिल्ली 

दिल्ली बिमानस्थलमा आज बिहान दुई जहाज एकै पटक धावनमार्गमा देखिए । टाइम्स अफ इन्डियाका अनुसार इन्डिगोको जहाज र स्पाइस जेटको जहाज ठोक्कीनबाट जोहियेका हुन् । एयर ट्राफिक कन्ट्रोल रुमको कमजोरीका कारण यस्तो भएको बताईएको छ ।

लखनउबाट दिल्ली आएको जहाज अवतरणपछि ट्याक्सी वे तर्फ जादै गरेको र सोहि समय इन्डिगोको जहाज उडान भर्न लाग्दा आमने सामने आएका हुन्  । जहाज ठोक्किनबाट जोगिएको छ  । 

गोवा

 १ सय ५४ यात्रु र  चालक दलका ७ सदस्य बोकेको जेट एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । भारतको गोवाबाट मुम्बईको लागि उड्न लागेको जहाज उड्नु अगाडी नै धावनमार्गमा चिप्लिएको हो ।

बिहान करिब ७ बजे तिर जेट एयरवेजको 9W 2374 नम्बरको बिमान धावन मार्गमा चिप्लिएर ३ सय ६० डिग्री घुमेको बताईएको छ  । सबै यात्रुहरुको सकुशल उद्दार गरिएको भएपनी केहिलाई सामान्य चोटपटक लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्  ।

त्यस बिमानले धावनमार्ग छेकेको कारण अन्य उडान अवतरण प्रभावित भएका छन्  । त्यसलाई हटाउने क्रम जारी रहेकाले गोवा विमानस्थल १२:३० बजेसम्मको लागि बन्द गरिएको छ  ।

नेपालको त्रिभुवन विमानस्थलमा पनि २०७१ फागुनमा टर्किस एयरको बिमान अवतरण गर्नेबेलामा धावनमार्गबाट चिप्लिएको थियो। त्यसले पनि यसरी नै धावन मार्ग अबरुद्द गरेपछि केहि दिन बिमानस्थल बन्द भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved